दाङ । दाङसहित पश्चिम नेपालका तराईका जिल्लामा आज पनि अत्याधिक गर्मीको अनुमान गरिएको छ । पश्चिम नेपालका तराईका जिल्लामा पछिल्लो केहि दिनयता अत्याधिक गर्मीले जनजीवन प्रभावित भइरहेको छ ।
लुम्बिनी प्रदेश राजधानी दाङको अधिकतम तापक्रम ३८ डिग्री सेल्सीयससम्म पुगेको छ भने नेपालगञ्ज, धनगढी र दिपायलमा तापक्रम ४० डिग्री सेल्सियस भन्दा पनि माथि पुगेको छ । लगातार उकालो लागिरहेको तापक्रमका कारण जनजीवन प्रभावित बन्दै गएको छ ।
मौसम पूर्वानुमान महाशाखाले आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको जनाएको छ । पूर्वका केहि ठाउँमा भने हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ । गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका धेरैजसो ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
















