२०८३ जेष्ठ १२ गते मङ्गलवार

इलाका प्रहरी कार्यालय तुलसीपुरको नाममा रहेको जग्गा खाली गर्न १५ दिने अल्टिमेटम


तुलसीपुर । इलाका प्रहरी कार्यालय तुलसीपुरको नाममा रहेको जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन प्रशासनले १५ दिने अल्टिमेटम दिएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरले आज मंगलबार एक सूचना जारी गर्दै तुलसीपुर उपमहानगरपालिका वडा नंम्बर ५ मा रहेको सरकारी जग्गा खाली गर्न निर्देशन दिएको हो ।

तुलसीपुरका डीएसपी होमबहादुर पराजुलीले जारी गरेको सूचनाअनुसार तुलसीपुर नक्सा नंम्बर ५/घ, कित्ता नं. २६४३, क्षेत्रफल ०.१६५२.४६ वर्गमिटर रहेको जग्गामा अनधिकृत रूपमा घरटहरा निर्माण गरी बसोबास गर्दै आएका व्यक्तिहरूलाई १५ दिनभित्र घरटहरा तथा अन्य भौतिक संरचना स्वयं हटाई जग्गा खाली गर्न आग्रह गरिएको छ ।

तोकिएको अवधिभित्र घरटहरा लगाएतका भौतिक संरचनाहरु नहटाइएमा प्रहरी कार्यालयले कानुनी प्रक्रिया अनुसार संरचना हटाउने चेतावनी समेत दिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस