दाङ । तुलसीपुरमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । तुलसीपुर उपमहानगरपालिका–१३ गिदिनिया निवासी अम्मरराज चौधरीकी श्रीमती चेच्या चौधरी आफ्नै मकैबारीमा मृत अवस्थामा फेला परेको वडा अध्यक्ष मोहनलाल पौडेलले जानकारी दिनुभयो ।
स्थानीयवासीले चौधरीलाई मृत अवस्थामा देखेपछि घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए । मृतकको शव आवश्यक अनुसन्धान तथा पोस्टमार्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पठाइएको वडा अध्यक्ष पौडेलले बताउनुभयो ।
















