२०८३ जेष्ठ ४ गते सोमवार

तुलसीपुरमा पेट्रोलियम पदार्थको अभाव : एक घण्टाभित्रै समस्या समाधान हुने आयल निगमको दाबी


दाङ । तुलसीपुर क्षेत्रमा पेट्रोलियम पदार्थको अभाव देखिएपछि पेट्रोलपम्पहरूमा सवारी साधनको लामो लाइन लागेको छ । सार्वजनिक तथा निजी सवारी चालकहरू बिहानैदेखि इन्धनका लागि लाइनमा बस्न बाध्य भएका थिए ।

यसैबीच, नेपाल आयल निगम तुलसीपुरका प्रमुख बिनोद बस्नेतले अबको एक घण्टाभित्रै बजारमा देखिएको पेट्रोलियम पदार्थको अभाव हट्ने दाबी गर्नुभएको छ । रेडियो हाम्रो पहुँचसँग कुराकानी गर्दै प्रमुख बस्नेतले उपभोक्ताहरूलाई नआत्तिन आग्रह गर्नुभयो ।

बिदाका कारण इन्धनको आपूर्तिमा केही कमी आएकाले बजारमा क्षणिक अभाव देखिएको तर, आजै यसको पूर्ण समाधान हुने उहाँले बताउनुभयो । उहाँका अनुसार अबको एक घण्टाभित्रै सबै पेट्रोलपम्पहरूमा इन्धन सहज रूपमा उपलब्ध हुनेछ ।

निगमका अनुसार आपूर्ति प्रणालीलाई तत्कालै चुस्त बनाइएकाले केही समयमै लाइनमा बसेका सबै सवारी साधनले सहजै इन्धन पाउनेछन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस