दाङ । अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गर्ने ६ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जेठ ८ गतेदेखि १५ गतेसम्म जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले दाङ जिल्लाको विभिन्न स्थानमा अवैध रूपमा ढुंगा, गिट्टी र बालुवा ओसारपसार गरिरहेका एउटा ट्रिपर र पाँच वटा ट्याक्टर नियन्त्रणमा लिएको दाङ प्रहरीले जनाएको छ ।
उक्त सवारी समधनलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको र ती सवारी साधनबाट एक लाख ६५ हजार रुपैयाँ जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक डा. हेमबहादुर केसीले जानकारी दिनुभयो ।
उक्त सवारी साधनहरू जरिवाना गराइ कारबाहीपछि सम्बन्धित व्यक्तिको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।


















