२०८३ जेष्ठ २७ गते बुधवार

पश्चिम तराईमा आज पनि गर्मी कायमै


दाङ । दाङसहित पश्चिम तराईमा आज पनि गर्मी कायमै रहने छ । शनिबार भएको केही ठाउँको वर्षाले तुलनात्मक रूपमा केही शितल भए पनि आज फेरि पश्चिम तराईमा गर्मी कायमै रहने भएको हो ।

मौसम पूर्वानुमान् महाशाखाका अनुसार देशको तराई क्षेत्रमा केही दिन तातो हावा चल्नेछ । तातो हावाले अत्यधिक गर्मी बढ्ने महाशाखाले जनाएको छ । पहाडी र हिमाली क्षेत्रमा भने मौमस बदली भई केही दिन पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद उज्वल उपाध्यायका अनुसार विशेषगरी तराईक्षेत्रमा गर्मीको प्रभाव बढी रहनेछ । सापेक्षिक आद्र्रतापनि निरन्तर बढ्दैजाने हुनाले, थर्मोमिटरमा देखिने तापक्रमभन्दा बढीगर्मी महसुस हुन सक्नेछ ।

गर्मीबाट केहीराहत मिल्ने खालको व्यापक मनसुनी वर्षा कहिलेदेखि सुरुहुन्छ भन्ने विषयमा भने अझै स्पष्टता छैन । आगामी ७ दिनभित्र मनसुन सक्रिय हुने सम्भावना करिब ५० प्रतिशत मात्र देखिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस