२०८३ साउन २९ गते शुक्रवार

रोल्पामा पहिरोले दुई घर पुरीए : एक जनाको मृत्यु, तीन जना वेपत्ता


रोल्पा । रोल्पामा पहिरोले घर पुर्दा एक जनाको मृत्यु भएको छ भने तीन जना वेपत्ता भएका छन् । सुनछहरी गाँउपालिका–२ फलबाङ्गका वीरबहादुर घर्तीमगर र सुनछहरी–२ कै गिट्ठेका अन्दाजी ६० वर्षीय लादे घर्तीमगरको घर पहिरोले पुरिएको हो ।

पहिरोले घर पुरिदा वीरबहादुरको घरमा बास बसेकी आफन्त ६५ वर्षीया लली घर्तीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

पहिरो जाँदा घरमा अन्दाजी ७० वर्षका वीरबहादुर घर्तीमगर, उहाँकी श्रीमती अन्दाजी ६५ वर्षीय शनी घर्तीमगर र लली घर्तीमगर बसेका थिए । ललीको मृत्यु भएको छ भने अन्य २ जना बेपत्ता भएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।

बेपत्ता तीनै जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । यसअघि बुधबार राती रोल्पाकै थबाङमा पहिरो जाँदा १० जनाको मृत्यु भएको छ । पहिरोमा परेर वेपत्ता भएका तीन जनाको खोजि कार्य जारी छ ।

प्रतिक्रिया दिनुहोस