२०८३ असोज ५ गते सोमवार

कांग्रेस वडा अधिवेशन : तुलसीपुरका १९ वटै वडामा सर्वसम्मत नेतृत्व चयन


दाङ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडामा वडा अधिवेशन सम्पन्न भएको छ ।

तुलसीपुरका १९ वटै वडामा वडा सभापतिसहितको नेतृत्व सर्वसम्मत रूपमा चयन भएको नेपाली कांग्रेस तुलसीपुर नगर सचिव विमल पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ मा लिलाराम न्यौपाने, वडा नम्बर २ मा भीमबहादुर ओली, वडा नम्बर ३ मा रेशम मल्ल, वडा नम्बर ४ मा लिला खड्का, वडा नम्बर ५ मा मेघराज केसी, वडा नम्बर ६ मा इन्द्रबहादुर बुढाथोकी र वडा नम्बर ७ मा जिवराज अधिकारी वडा सभापतिमा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

यस्तै, वडा नम्बर ८ मा ताराप्रसाद देवकोटा, वडा नम्बर ९ मा महादेवनाथ योगी, वडा नम्बर १० मा निमबहादुर खत्री, वडा नम्बर ११ मा चिरञ्जीवी भट्टराई, वडा नम्बर १२ मा भरत गिरी, वडा नम्बर १३ मा नुमानन्द केसी, वडा नम्बर १४ मा धनिराम चौधरी, वडा नम्बर १५ मा कैलाश बुढाथोकी सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

त्यसैगरी वडा नम्बर १६ मा उमवीर केसी, वडा नम्बर १७ मा दिल्लीबहादुर ओली, वडा नम्बर १८ मा विदुर गौतम र वडा नम्बर १९ मा पदम वली वडा सभापतिमा सर्वसम्मत निर्वाचित हुनुभएको नगर सचिव पौडेलले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका तय गरेको छ । महाधिवेशनको तयारीस्वरूप देशभर वडा अधिवेशनमार्फत वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन गर्ने प्रक्रिया अघि बढाइएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस