दाङ । दाङको राप्ती प्रादेशिक अस्पतालसहित लुम्बिनी प्रदेशका १४ वटा सरकारी अस्पतालका अध्यक्षहरु फेरिएका छन् ।
प्रदेशका १४ वटा सरकारी अस्पताल विकास समिति मध्य सत्तारुढ दुई दलको सहमति अनुसार एमालेले ७ र कांग्रेसले ७ वटा अध्यक्ष पाएको लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले बताउनुभयो ।
जसअुनसार राप्ती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा महेन्द्रराज लामिछाने नियुक्त हुनुभएको छ । तुलसीपुर – ५ निवासी संचार उद्यमी समेत रहनु भएका लामीछानेले कांग्रेसको कोटाबाट अध्यक्षमा नियुक्त हुनुभएको हो ।
त्यसैगरी लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा एमालेबाट अजयमान श्रेष्ठ नियुक्त हुनुभएको छ । त्यसैगरी प्युठान अस्पतालको अध्यक्षमा कांग्रेसबाट कृष्णप्रसाद बसेल, रोल्पा अस्पतालमा कांग्रेसबाट शेरबहादुर थापा, गुल्मी अस्पतालमा एमालेबाट राजेन्द्रप्रसाद पाण्डे, रामपुर अस्पताल पाल्पामा एमालेबाट युवराज खनाल, अर्घाखाँची अस्पतालमा एमालेबाट बलाराम मिश्र अध्यक्षमा नियुक्त हुनुभएको छ ।
त्यस्तै कपिलवस्तु अस्पतालमा एमालेबाट रन्जिकुमार बर्मा, भीम अस्पताल भैरहवामा कांग्रेसबाट कुलप्रसाद न्यौपाने, पाल्पा अस्पतालमा कांग्रेसबाट अजयमान कर्माचार्य, रुकुम पूर्व अस्पतालमा कांग्रेसबाट लोकेन्द्र शाह, पृथ्वीचन्द्र अस्पताल नवलपरासीमा एमालेबाट जगदीश चौधरी र भालुवाङ अस्पताल दाङमा एमालेबाट सूर्यप्रकाश शर्मालाई नियुक्त गरिएको हो । रुपन्देहीको बुटवलमा लुम्बिनी प्रादेशिक अस्पताल र दाङको तुलसीपुरमा राप्ती प्रादेशिक अस्पताल छन् । यीसहित अन्य १२ जिल्लामा, जिल्ला अस्पताल छन् ।
प्रदेश सरकारले बैशाख १६ प्रदेशभरका १४ वटा अस्पताल विकास समिति एकैपटक विघटन गरेको हो ।














