२०८३ बैशाख ४ गते शुक्रवार

फेरि बढ्यो इन्धनको मूल्य

दाङ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ । निगमका अनुसार, पेट्रोलमा लिटरको एक रुपैयाँले तथा डिजेल र मट्टीतेलमा लिटरको दुई रुपैयाँले भाउ बढेको हो ।

चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १५७ रूपैयाँ ५० पैसा तथा डिजेल–मट्टीतेलको भाउ लिटरको १४२ रूपैयाँ ५० पैसा पर्नेछ ।

दाङ र सुर्खेत क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १५९ रूपैयाँ र डिजेल–मट्टीतेलको भाउ लिटरको १४४ रूपैयाँ पर्नेछ । यस्तै काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६० रूपैयाँ र डिजेल–मट्टीतेलको भाउ लिटरको १४५ रूपैयाँ पर्नेछ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस