२०८२ मङ्सिर २२ गते सोमवार

शेयर बजार ९ अङ्कले बढ्यो


दाङ । हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव १६ अङ्कले बढेर २ हजार ७ सय ७० दशमलव ३९ विन्दुमा पुगेको छ ।

आज म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा व्यापार समूहको शेयर १ दशमलव २९ प्रतिशतले उकालो लागेको छ ।

आज युनियन हाइड्रोपावर लिमिटेडको शेयर ६ दशमलव १० प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन सम्पदा लघुवित्त कम्पनीको शेयर भने ४ दशमलव ८१ प्रतिशतले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने बढेको छ । हिजो ७ अर्ब ७३ करोडको कारोबार भएकोमा आज ३ सय २० वटा कम्पनीका १ करोड ५२ लाख कित्ता शेयर ६ अर्ब १७ करोड रुपैयाँमा किनबेच भएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस