दाङ । घोराही उपमहानगरपालिका–६ स्थित शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले पदाधिकारी तथा कर्मचारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले क्षमता विकास तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
शिक्षा उपसमितिको आयोजनामा भएको कार्यक्रममा संस्थाका पदाधिकारी, सल्लाहकार, विभिन्न समितिका सदस्य तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम शिक्षा उपसमितिका संयोजक कृष्णकुमार न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष शरदकुमार आचार्यले सहकारीका पदाधिकारीको क्षमता बिकास गर्दै अगाडि बढ्ने गरेको बताउनुभयो । समय परिवर्तन भए संगै प्रबिधिमा पनि पहुँच पुराउनुपर्ने बताउनुभयो ।
जिल्ला सहकारी संघका महासचिव शुक्रराज भण्डारीले प्रशिक्षण दिनुभएको थियोे । प्रशिक्षक भण्डारीले सहकारीका सिद्धान्त र नितिका बारेमा जानकारी गराउनु भएको थियोे । सहकारीका संचालक समितिको काम, कर्तव्य र अधिकारका बारेमा जानकारी गराउनुभएको थियोे । लेखा सुपरिवेक्षण समितिको काम, कर्तव्य र अधिकारका बारेमा पनि प्रकाश पार्नु भएको थियोे ।
सहकारीका सल्लाहकार श्रीधर शर्मा पौडेलले सहकारीका पदाधिकारीलाई समय अनुसारको क्षमता बिकासका तालिमले निखारता ल्याउने बताउनुभयो । शिक्षा उपसमितिका सदस्य रञ्जिता अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन शिक्षा उपसमिति सदस्य पूर्णबहादुर चौधरीले गर्नुभएको हो ।















