दाङ । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रअन्तर्गतको बिजौरी–मानपुर फिडर क्षेत्रमा आज विद्युत आपूर्ति अनियमित हुने भएको छ ।
घोराही–तुलसीपुर फोरलेन सडक निर्माणअन्तर्गत ‘राइट अफ वे’ भित्र रहेका रुखहरु कट्नु पर्ने भएकाले आज ६ घण्टासम्म विद्युत सेवा प्रभावित हुने नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले जनाएको छ ।
वितरण केन्द्रले जारी गरेको सूचनाअनुसार आज बिहान ५ बजेदेखि बिहान ११ बजेसम्म बिजौरी,मानपुर, मलवार, कोठरी बासगडी, हेमन्तापुर तथा बिजौरी बजार देखि तल्लो क्षेत्रहरुमा विद्युत सेवा प्रभावित हुन सक्ने जनाएको छ ।
प्राधिकरणले कार्य निर्धारित समयभन्दा अगाडि सम्पन्न भएमा विद्युत आपूर्ति नियमित गरिने जनाएको छ । साथै, सेवाग्राहीहरूमा पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ ।



















