दाङ । हिजो बुधबार आएको हावाहुरीका कारण दाङका चार जना घाइते भएका छन् । घाइते हुनेमा लमही नगरपालिका–४ अर्नवाका प्रजा चौधरी, लमही–४ शान्तिनगरका जगतबहादुर थापा, लमही नगरपालिका–३ वनगाउँका कमल खनाल र वडा नम्बर २ श्रीगाउँ निवासी बिक्रम चौधरी रहेका छन् ।
थापाको जस्तापाताले काट्दा हातमा गम्भीर चोट लागेको छ । त्यसैगरी खनालको हात भाँचिएको छ । बिक्रम चौधरीको रुखको हाँगा भाँचिदा आँखामा चोट लागेको छ ।
घाइते चारै जनाको लमही अस्पतालमा उपचार गरिएको छ । स्थानीय प्रशासनका अनुसार हावाहुरीका कारण विभिन्न स्थानमा रूख ढल्नुका साथै संरचनामा क्षति पुगेको प्रारम्भिक विवरण आएको छ ।















