दाङ । तुलसीपुर उपमहानगरपालिकाले विद्युतीय नगर बस चलाउने भएको छ । उपमहानगरपालिकाले नगर क्षेत्रभित्र तीव्र रूपमा बढ्दै गएको सवारी चापलाई व्यवस्थित गर्न र नगरवासीलाई सुलभ एवं वातावरणमैत्री यातायात सेवा उपलब्ध गराउन विद्युतीय नगर बस सञ्चालन गर्ने नीति अघि सारेको हो ।
उपमहानगरले छिमेकी पालिका र नीजि क्षेत्रसंगको सहकार्यमा अन्तरपालिका चक्रपथ तथा विद्युतिय नगर बस संचालनको अवधारण अघि सारेको नगरप्रमुख टिकाराम खड्काले बताउनुभयो । नगरले यसअघिका वर्षमा नगर बस संचालनमा ल्याउने नीति ल्याएपनि कार्यन्वयन भने हुन सकेको छैन् ।
नगरले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विद्युतिय नगरबस संचालनमा ल्याउने नीति अघि सारेको हो । बढ्दो वायु प्रदूषण न्यूनीकरण गर्न र इन्धन संकट तथा महँगीको विकल्पका रूपमा विद्युतीय नगर बस संचालन गर्ने नगरको नीति छ ।
तस्बिर : AI



















