२०८३ असार १० गते बुधवार

प्राथमिकतामा औद्योगिक ग्राम:पूर्वाधार निर्माणका लागि १ करोड


तुलसीपुर। तुलसीपुर उपमहानगरपालिकाले स्थानीय उत्पादन, उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यले तुलसीपुर–१६ स्थित औद्योगिक ग्रामको पूर्वाधार निर्माणका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।


आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै उपमेयर स्यानी चौधरीले औद्योगिक ग्रामको भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो।


उहाँका अनुसार औद्योगिक ग्रामलाई व्यवस्थित र सञ्चालनयोग्य बनाउन आवश्यक संरचना निर्माणका लागि उक्त बजेट छुट्याइएको हो। औद्योगिक ग्रामको पूर्वाधार विकाससँगै स्थानीय उद्योग स्थापना तथा विस्तारका लागि अनुकूल वातावरण सिर्जना हुने छ । उपमहानगरपालिकाले औद्योगिक क्षेत्रको विकासमार्फत उत्पादन वृद्धि, लगानी आकर्षण तथा रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य लिएको जनाएको छ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस