२०८३ साउन १७ गते आइतवार

नवदुर्गा कृषि सहकारी संस्थाको २० औँ वार्षिक साधारण सभा

दाङ । दाङको तुलसीपुर–८, सुनवर्षास्थित नवदुर्गा कृषि सहकारी संस्था लिमिटेडको २० औँ वार्षिक साधारण सभा गरिएको छ । संस्थाका अध्यक्ष चुरामणि शर्माको अध्यक्षता तथा जिल्ला सहकारी सङ्घ दाङका अध्यक्ष हेमराज गौतमको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो ।

त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिका सहकारी प्रवद्र्धन शाखाका कार्यालय प्रमुख ललितबहादुर घर्तीले सहकारीहरूले स्थानीय उत्पादन र कृषि क्षेत्रको प्रवद्र्धनमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो ।

साधारण सभामा संस्थाका कोषाध्यक्ष दुर्गाप्रसाद कँडेलले आर्थिक वर्ष ०८२/०८३ को आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो भने सचिव माया गौतमले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

त्यस अवसरमा थरकोट सहकारीका अध्यक्ष मेघराज पाण्डे, अमृतपुर सामाजिक उद्यमी संस्थाका प्रतिनिधि मुकुन्द काफ्ले, सल्लाहकार जितबहादुर खड्का, संस्थापक सदस्य कान्तप्रसाद खरेल, वडा नम्बर ९ का सदस्य झुपलाल खत्री तथा वडा नम्बर ८ का सदस्य तुलप्रसाद खराल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

साधारण सभाको खुला सत्रपछि बसेको बन्द सत्र/भेलाले संस्थाको आगामी कार्ययोजना र समुन्नतिका लागि विभिन्न महत्त्वपूर्ण प्रस्ताव तथा निर्णयहरू सर्वसम्मत रूपमा पारित गरेको छ । कार्यक्रमको सहजीकरण महेन्द्र नारायण खरेलले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस