२०८२ मङ्सिर २१ गते आइतवार

हाम्रो पहुँचको भवन निर्माणका लागि ठेक्का सम्झौता

दाङ, २० कार्तिक । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाले संचालन गरेको हाम्रो पहुँच सेकन्डरी स्कुलको भवन निर्माणका लागि बिहिबार ठेक्का सम्झौता भएको छ ।

संस्थाका अध्यक्ष शुक्रराज भण्डारी र निर्माण कम्पनि स्मृति विशाल कन्ट्रक्सन प्रालि परिवर्तन गाउँपालिका–२ रोल्पाका प्रतिनिधि गोपाल वलीबिच भवन निर्माणको ठेक्का सम्झौता भएको हो ।

सम्झौता भएको मितिले एक वर्षभित्र भवन निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले बताउनुभयो । चार तलामा १६ कोठा निर्माण गर्ने गरी भ्याट बाहेक १ करोड ९९ लाख ९७ हजारमा ठेक्का सम्झौता भएको हो ।

संस्थाले तुलसीपुर उपमहानगरपालिका–७ झुमरेमा रहेको आफ्नै जग्गामा विद्यालयको भवन निर्माण गर्न लागेको हो । अध्यक्ष भण्डारीले आगामी दिनमा संस्थाले थप स्थायी संरचनाहरु निर्माण गर्दै जाने बताउनुभयो ।

भवन निर्माणको ठेक्का सम्झौताका लागि असोजको १९ गते बोलपत्र आव्हान गरिएको थियो । निर्माण व्यवसायी गोपाल वलीले तोकिएकै अवधिमा एक वर्षभित्र निर्माण सक्ने प्रतिवद्धता जनाउनुभएको छ ॥

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस