२०८२ जेष्ठ ८ गते बिहिवार

६८औं राष्ट्रिय सहकारी दिवस देशभर मनाइँदै


दाङ, २० चैत । आज दाङसहित देशभर ६८औं राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । वि.सं. २०१३ साल चैत २० गते चितवनमा बखान ऋण सहकारीको स्थापना भएको दिनको आधारमा हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरीन्छ ।

यस वर्षको सहकारी दिवसको नारा ‘मर्यादित सहकारी : सम्मुनत समाज’ भन्ने रहेको छ । आज राष्ट्रिय सहकारी विभाग, राष्ट्रिय सहकारी महासंघ, विभिन्न सहकारीहरू र स्थानीय तहहरूले विशेष कार्यक्रम आयोजना गरेका छन् ।

सरकारले सहकारी क्षेत्रलाई समावेशी अर्थतन्त्रको महत्वपूर्ण पिल्लरको रूपमा लिंदै आएको छ । हाल नेपालमा ३४ हजारभन्दा बढी सहकारी संस्था सञ्चालनमा छन्, जसमा लाखौँ सदस्य आबद्ध छन् ।

सहकारीमार्फत आर्थिक सशक्तीकरण, महिला उद्यमशीलता प्रवद्र्धन, कृषि उत्पादनमा वृद्धि र वित्तीय पहुँच विस्तारमा योगदान पुगेको छ । यद्यपि, पछिल्ला वर्षहरूमा सहकारी क्षेत्रभित्र देखा परेका आर्थिक अनियमितताका घटनाले यस क्षेत्रको विश्वसनीयताको चुनौती भने थपिएको छ ।

राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित विभिन्न कार्यक्रममा सहकारी क्षेत्रमा सुधार, डिजिटल प्रविधिको अपनत्व, पारदर्शिता र सुशासनका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस