२०८२ जेष्ठ ९ गते शुक्रवार

राप्ती वचत तथा ऋण सहकारीद्वारा शेयर सदस्यसंग अन्तरक्रिया

दाङ, २७ वैशाख । दाङको घोराहीमा रहेको राप्ती वचत तथा ऋण सहकारी संस्थाले तुलसीपुरका शेयर सदस्यसंग सहकारीको वर्तमान अवस्था र सवलिकरणका बारेमा अन्तरक्रिया गरेको छ ।

संस्थाको शिक्षा उपसमितिले गरेको कार्यक्रममा संस्थाका अध्यक्ष भरत बहादुर बुढाथोकीले शेयर सदस्यलाई सहकारी सिद्धान्त, मूल्य र व्यवहार, लेखा प्रणाली, संस्थागत सुशासन तथा सदस्यहरुको भूमिका र दायित्वबारे प्रशिक्षण गर्नुभएको छ । उहाँले सहकारीको सवलीकरणका लागि शेयर सदस्यले कारोबार बढाउनुपर्ने बताउनुभयो ।

शिक्षा उपसमितिका संयोजक पहलमान डाँगीको अध्यक्षता तथा अध्यक्ष बुढाथोकीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा सहभागी सदस्यले वचत गर्ने तरिका, कर्जा परिचालन, हाल कारोबारको अवस्था लगायतका बारेमा प्रश्न तथा जिज्ञासा राखेका थिए ।

संयोजक पहलमान डाँगीले सहभागीले गरेका प्रश्नको जवाफ दिनुभएको हो । शिक्षा उपसमितिका सदस्य गंगामणी शर्माले कार्यक्रमको सहजीकरण गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस