तुलसीपुर, दाङको तुलसीपुर– ७ झुमरेमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी लि. संस्था र गढवामा गाउँपालिका १ मा रहेको समानता बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक, सेयर सदस्यहरू बिच अन्तरक्रिया कार्यक्रम भएको छ ।
हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारीको अध्यक्षता तथा समानता बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बेगम बहादुर गहतराजको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष भण्डारीले संस्थाले सञ्चालन गर्दै आएको विभिन्न व्यबसायहरूको बारेमा जानकारी गराउनुभएको हो । उहाँले सहकारी संस्था बजारमुखी नभएर गाउँ केन्द्रित सेवा पुर्याउने उद्देश्यले सञ्चालन भएको बताउनुभयो ।
हामा्रे पहुँच सहकारी संस्था पछिल्लो समय सहकारीहरूको अध्ययन तथा अवलोकनको केन्द्र बन्दै गएको छ । पछिल्लो समय जिल्ला र बाहिरबाट विभिन्न सहकारी संस्थाहरु अध्ययन तथा अवलोकनका लागि आउने गरेको संस्थाका अध्यक्ष भण्डारीले बताउनुभयो ।
संस्थाले गरेका कामहरुको अध्ययन तथा अवलोकनको लागि बाहिरी जिल्लाबाट सहकारी संस्थाहरु आउँने गरेका छन् । आज समानता बचत तथा ऋण सहकारी संस्थाका संचालक, लेखा समिति गढवा गाउँपालिकाका सहकारी शाखा प्रमुख लगाएत कर्मचारीहरु सहकारी अध्ययन तथा अवलोकनका लागि तुलसीपुर आएको हो ।
यस्तै समानता सहकारी संस्थाका अध्यक्ष बेगम बहादुर गहतराजले हाम्रो पहुँच सहकारी संस्थाबाट आफूहरूले आफ्नो संस्थालाई उचाईमा पुर्याउन धेरै महत्त्वपूर्ण शिक्षा प्राप्त गरेको बताउनुभयो । उहाँले हाम्रो पहुँच सहकारी संस्थाले हालसम्म गरेको कामको प्रशंसा गर्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा हाम्रो पहुँच सहकारी संस्थाका सल्लाहकार ऋषिराज पौडेल लगायतको सहभातिता रहेको थियो । हाम्रो पहुँच सहकारी संस्थाले हाल एकसय बढीलाई प्रत्यक्ष रुपमा रोजगारी प्रदान गरेको छ भने ४ हजार ५ सय भन्दा धेरै सदस्यहरु आबद्ध रहेका छन ।










