
दाङ । दाङको तुलसीपुरमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले स्वर्गिय देवा रावतको परिवारलाई मृत्यु राहत कोष वाफतको रकम प्रदान गरेको छ ।
संस्थाले आज (बुधबार) तुलसीपुर उपमहानगरपालिका–१७ मज्गैंका शेयर सदस्य मृतक रावतका श्रीमान कमल बहादुर रावतलाई मृत्यु राहत कोष वाफतको १० हजार रकम घरमै पुगेर हस्तान्तरण गरेको हो ।
संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले मृतक रावतकोे परिवारलार्ई राहत कोष बाफतको रकम हस्तान्तरण गर्नुभएको हो । संस्थाको सदस्य बन्दा एक हजार रुपैयाँ जम्मा गर्ने नीति अनुसार राहत कोषमा रकम जम्मा हुने गरेको छ । सोही कोषको पैसा शेयर सदस्यको मृत्यु भएमा राहत स्वरुप उपलब्ध गराउने गरेको संस्थाका अध्यक्ष भण्डारीले बताउनुभयो ।
उहाँका अनुसार राहत कोषमा आवद्ध भएपछि सदस्यलाई जटिल प्रकारका रोग लागेमा, प्राकृतिक विपत्तिबाट क्षति भएमा र स्वयंम सदस्यको मृत्यु भएपछि परिवारलाई राहत वितरण गर्ने गरेको छ । संस्थाले शेयर सदस्यहरुलाई जन्मदेखि मृत्यु संस्कारसम्मको सेवा प्रदान गदै आएको बताउनुभयो ।
रावतको असार १२ गते ४० वर्षको उमेरमा मृत्यु भएको हो । कार्यक्रमको सहजिकरण संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले गर्नुभएको हो ।