२०८२ माघ २५ गते आइतवार

दृष्टिबिहिन छात्रावासमा राप्ती विश्वासी सहकारीको तीज मिलन कार्यक्रम

दाङ, ३० साउन । राप्ती विश्वासी बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार तुलसीपुर–३ दमारगाउँस्थित दृष्टिबिहिन छात्रावासमा तीज मिलन कार्यक्रम आयोजना गरेको छ ।

बजारमा भड्किलो रूपमा तीज मिलन कार्यक्रम भइरहेका बेला सहकारीले फरक ढंग अपनाउँदै दृष्टिबिहिन छात्रावासमा कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा सहभागिता जनाएका अपाङ्गता भएका विद्यार्थी पनि रमाएका थिए। महिला तथा युवा उपसमितिका संयोजक मन्जु आचार्यको अध्यक्षतामा तथा संस्थाका अध्यक्ष इन्द्र बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

त्यस अवसरमा जिल्ला सहकारी संघ दाङका अध्यक्ष हेमराज गौतम, नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति कृती बहादुर खड्का, संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार मानव बहादुर डाँगी, गुरुजजुर व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर खड्का, गुरुजजुर दृष्टिबिहिन छात्रावासका संयोजक विष्णु प्रसाद न्यौपाने, तुलसीपुर उपमहानगरपालिका–३ का वडा सदस्य राजेन्द्र गुरुङ लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

संस्थाका सञ्चालक समितिका सदस्य भावना गौतमको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने सहजीकरण महिला तथा युवा उपसमिति सदस्य ऋषिराज भण्डारीले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस