२०८२ माघ २५ गते आइतवार

साना किसान सहकारी संस्थाको २८ औँ वार्षिक साधारणसभा

दाङ, ३ असोज । सल्यानको कपुरकोटमा रहेको साना किसान सहकारी संस्थाले शुक्रबार २८ औँ वार्षिक साधारणसभा गरेको छ ।

संस्थाका अध्यक्ष डम्बरबहादुर यरीको अध्यक्षता तथा कपुरकोट गाउँपालिका कृषि शाखाका अधिकृत बिनोद थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा अध्यक्ष यरीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने कार्यालय प्रमुख तिर्थराज शर्माले आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।

हाल संस्थामा १ हजार २५६ शेयर सदस्य रहेका छन् । शेयर पूँजी १ करोड ८३ लाख ८५ हजार रहेको छ । यस्तै निक्षेप रकम ५ करोड ५० लाख रहेको छ । त्यस्तै, संस्थाले १४ करोड ८५ लाख रुपैयाँ शेयर सदस्यहरूलाई ऋण लगानी गरेको जनाएको छ ।

बितेको आर्थिक वर्ष २०८१/२०८२ मा संस्थाले २७ लाख ३ हजार रुपैयाँ नाफा आर्जन गरेको समेत प्रवन्धक जीतप्रसाद आचार्यले जानकारी दिनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस