२०८२ माघ ५ गते सोमवार

पिपल चौतारी कृषि सहकारीको १४ औं साधारणसभा सम्पन्न


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–१६ फचकलुवामा रहेको पिपल चौतारी कृषि सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारणसभा आज शनिबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष अमर बहादुर खड्काको अध्यक्षता तथा जेष्ठ नागरिक केशर बहादुर खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । प्रमुख अतिथि खड्काले सहकारी संस्थामा आबद्ध सदस्यहरूको सक्रियता र पारदर्शिताले मात्र सहकारी सबल बन्ने बताउनुभयो । उहाँले सहकारीले ल्याएका कार्यक्रमहरू गाउँघरमा आत्मनिर्भरता बढाउने माध्यम बन्न सक्ने धारणा राख्नुभयो ।

कार्यक्रममा संस्थाका सदस्य होमराज डाँगी, रमेश बस्नेत, शोभा केसी र यम प्रकाश खड्काले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

आर्थिक प्रतिवेदन कोषाध्यक्ष रुद्र बहादुर केसीले प्रस्तुत गर्नुभएको थियो । यसैबीच संस्थाले दशैंको अवसरमा प्रत्येक शेयर सदस्यहरुलाई १० हजारका दरले बोनस दिएको छ ।

संस्थाका सदस्य कबिराम वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव यज्ञमुर्ति गौतमले गर्नुभएको सहकर्मी घनश्याम वलीले जानकारी दिनुभयो । २०६८ सालमा स्थापना भएको संस्थामा १६५ जना शेयर सदस्य आबद्ध रहेका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस