२०८२ माघ २५ गते आइतवार

जनसेवा वचत तथा ऋण सहकारी संस्थाको २६ औं वार्षिक साधारणसभा


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका– ७ खर्चवामा रहेको जनसेवा वचत तथा ऋण सहकारी संस्थाको २६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष जीवन भण्डारीको अध्यक्षतामा आज शनिबार साधारणसभा कार्यक्रम भएको हो ।

कार्यक्रममा निवर्तमान उपाध्यक्ष नारायण प्रसाद भुसाल, पूर्व अध्यक्ष तथा सल्लाहकार दुर्गा प्रसाद भण्डारी, शेयर सदस्य हुम बहादुर केसी लगाएतको शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

साधारणसभामा सचिवको प्रगति प्रतिवेदन सचिव दिपक केसी, आर्थिक प्रतिवेदन कोषाध्यक्ष बिक्रम बाबु केसी र लेखा सुपरिवेक्षणको प्रतिवेदन संयोजक सुनिल खनालले प्रस्तुत गर्नु भएको हो ।

साधारणसभामा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । असल बचतकर्ता केशव पोख्ररेल, नियमित बचतकर्ता कोमल केसी, असल ऋणी बाबुराम चौधरी र नारायण प्रसाद भण्डारी, धेरै सदस्य बनाउने हुमलाल जैसी, सुस्मिता गिरी र सुशिला केसीलाई सम्मान गरिएको हो ।

यस्तै असल कर्मचारीमा सहलेखापाल मिना खनाल, जेष्ठ सदस्यमा कुन्दादेवि भुसाल, निमानन्द भुसाललाई सम्मान गरिएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । यस्तै प्राविधिक सहयोग गर्नेमा राप्ती लाइफ केयर अस्पताल तुलसीपुर र लाउन्स क्लव अफ तुलसीपुर इशानलाई सम्मान गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

उपाध्यक्ष खिमराज जैसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव दिपक केसीले गर्नु भएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस