२०८२ असोज २४ गते शुक्रवार

हाम्रो पहुँचको साधारणसभा : तेस्रो दिन आज रानागाउँ स्कुलमा हुने

दाङ। दाङको तुलसीपुरमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९ वार्षिक साधारणसभा आज रानागाउँ स्कुलमा हुने भएको छ ।

संस्थाले आज बुधबार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ का सबै र वडा नम्बर ४ का मुलकोटका मात्रै शेयर सदस्यका लागि रानागाउँ स्कुलमा साधारण सभा गर्ने भएको हो ।

सोमबारदेखि शुरु भएको १९ औँ वार्षिक साधारणसभा २६ गतेसम्म संचालन हुने छ । संस्थामा करिब ५ हजार शेयर सदस्य भएको हुँदा वार्षिक साधारण सभा विभिन्न मितिमा विभिन्न स्थानमा गर्न लागिएको हो ।

साधारणसभामा आज पनि नीति–कार्यक्रम, बजेट र लेखा प्रतिवेदनसहित १४ बुँदे प्रस्तावमा छलफल भइरहेको संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले बताउनुभयो । उहाँले अहिले संस्थामा करिब ५ हजार शेयर सदस्य पुगेको र चार करोड भन्दा बढी शेयर पुँजी पुगेको बताउनुभयो ।

उहाँले २०७६ सालदेखि संस्थाले पञ्चवर्षिय रणनीति अनुसार काम गरिरहेको बताउनुभयो । उहाँका अनुसार शेयर सदस्यको वचत २२ करोड २४ लाख पुगेको छ । संस्था शेयर सदस्यको जीवनबाट गरिबी अन्त्यमा केन्द्रित भएको बताउँदै उहाँले थप नयाँ व्यवसायमार्फत आर्थिक विकास गर्ने रणनीतिमा लागेको बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस