२०८२ असोज २४ गते शुक्रवार

हाम्रो पहुँच सहकारीको १९औं वार्षिक साधारणसभाको तेस्रो दिन


दाङ । तुलसीपुरमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९औं वार्षिक साधारणसभा आज तुलसीपुर–३ रानागाउँस्थित विद्यालयमा भएको छ । संस्थाले आज तेस्रो दिन तुलसीपुर उपमहानगरपालिका–३ रानागाउँ स्कुलमा साधारणसभा गरेको हो । सहकारीमा आबद्ध सदस्यहरुले संस्थाले बचत र आर्थिक आत्मनिर्भरता बढाउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

साधारणसभा सहभागि शेयर सदस्यहरुले सहकारीले बचत गर्न सिकाएको बताएका छन् । उनिहरुले सहकारीमा आबद्ध भएपछि धेरै कुरामा सहज भएको बताएका हुन् । तुलसीपुर–४ मुलकोटका निशा पुन सहकारीमा आबद्ध भएको ७ वर्ष पुगेको छ । उहाँले संस्थामा आबद्ध भएपछि कृर्षि गर्न सहज भएको बताउनुभयो । संस्थाले कम व्याजमा कृर्षि कर्जा दिने भएको तरकारी खेति गर्न सहज भएको उहाँको भनाई छ ।

यस्तै तुसीपुर–३ रानागाँउका सदस्य कमला सेजुवालले अरु सहकारी संस्थाभन्दा हाम्रो पहुँच सहकारी राम्रो लागेकोले ७ वर्ष पहिले संस्थामा लागेको बताउनुभयो । उहाँले संस्थामा लागेपछि बचत गर्ने बानिको विकास भएको बताउनुभयो । ५ सय रुपैंया बाट बचत सुरु गरेको सेजुवालले अहिले मासिक २ हजार रुपैंया बचत र्ष्ने गरेको बताउनुभयो ।

यस्तै तुलसीपुर–३ डाँडाखुटिका प्रकाश रेउले संस्थामा लागेको डेढ वर्ष मात्रै भएको छ । तर यो बिचमा धेरै कुराहरुमा सहयोग पुगेको उहाँको भनाई छ । संस्थाले सञ्चालन गरेको विभिन्न विभागमार्फत छुट पाउँदा आफुलाई खुसी लागेको उहाँले बताउनुभयो । शेयर सदस्य लेसमाया घर्ति र सुस्मा महतराले संस्थाले नजिकैमा शाखा विस्तार गरेमा सदस्यहरुलाई सहज हुने बताउनुभयो । साथै घर्तिले सहकारी मार्फत तरकारीको बिउविजन उपलब्ध गराएका किसानहरुलाई सहज हुने बताउनुभयो ।

बिमल खड्का रानाले सहकारीले महिलाहरुलाई आर्थिक रुपमा बलियो बनाएको बताउनुभयो । साथै उहाँले पशुपालन गर्ने किसानहरुको लागि सहकारीले कार्यक्रम ल्याएमा सहज हुने र पशुमा लाग्ने रोगको बारेमा जानकारी नहुँदा समस्या हुने गरेको बताउनुभयो ।

संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले सहकारी संस्थाको किरण देशभरी फैलिएको बताउनुभयो । सिमित सदस्य र थोरै पूँजीबाट सुरु भएको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था अहिले पाँच हजारभन्दा बढी शेयर सदस्य र चार करोडभन्दा बढी पुँजीसहित तुलसीपुरका सबै १९ वटै वडामा विस्तार भइसकेकोे बताउनुभयो । आगामी दिनमा अझ विस्तार हुँदै जाने उहाँको भनाई छ । उहाँले रानागाँउमा शाखा विस्तार गर्ने कुरामा सदस्य संख्या बढेमा शाखा विस्तार गर्ने बताउनुभयो ।

उहाँले संस्थाले बिउ उत्पादनको कारोबारे गर्ने सोच बनाएको बताउनुभयो । सदस्यहरुलाई बिउ उत्पादनसंग सम्बन्धित तालिम दिएर सदस्यहरुले नै उत्पादन गरेको बिउ संस्थाले किन्ने र बजारका बिक्रि गर्ने उहँको भनाई छ । संस्थाले सिप विकासमा पनि जोड दिएको बताउनुभयो । आयआर्जन वृद्धिमा सदस्यहरुको सिप विकास गर्ने संस्गाले योजना बनाएको उहाँको भनाई छ । संस्था शेयर सदस्यको जीवनबाट गरिबी अन्त्यमा केन्द्रित भएको बताउँदै उहाँले थप नयाँ व्यवसायमार्फत आर्थिक विकास गर्ने रणनीतिमा लागेको बताउनुभयो ।

यसैगरी संस्थाका सचिव कृष्णप्रसाद पोखरेलले गत आर्थिक वर्षको नीति तथा कार्यक्रमको प्रगति समिक्षा प्रस्तुत गर्नुभएको हो । यस्तै संस्थाका कोषाध्यक्ष बिजय सुवेदीले संस्थाको कुल पुँजी तथा दायित्व ३२ करोड ३० लाख ९० हजार ९१८ पुगेको बताउनुभयो ।

संस्थाको लेखा परिक्षण प्रतिवेदन संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक सुर्यप्रसाद शर्माले प्रस्तुत गर्नुभएको हो । साधारणसभामा संस्थाका सल्लाहाकार राम बहादुर ओली, सल्लाहाकार तथा आजका सधारणसभाका संयोजक नारायण प्रसाद भण्डारी लगाएतकाले बोल्नु भएको थियो ।

संस्थाका उपाध्यक्ष वुद्धिराम बिसीको स्वागत मन्तव्यबाट शुरु भएको साधारणसभामा आज पनि नीति–कार्यक्रम, बजेट र लेखा प्रतिवेदनसहित १४ बुँदे प्रस्तावमा छलफल भएको छ । कार्यक्रमको सहजीकरण संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारी र डिआर भण्डारीले गर्नुभएको हो । साधारणसभा विभिन्न ठाउँमा २६ गतेसम्म संचालन हुने छ ।

संस्थामा करिब ५ हजार शेयर सदस्य भएको हुँदा वार्षिक साधारण सभा विभिन्न मितिमा विभिन्न स्थानमा गर्न लागिएको हो । संस्थाले आज तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ का सबै र वडा नम्बर ४ का मुलकोटका शेयर सदस्यका लागि रानागाउँ स्कुलमा साधारण सभा गरेको हो ।

संस्थाले भोली गुरुजजुर मावि रक्षाचौरमा साधारणसभा गर्ने भएको छ । भोली तुलसीपुर–४ अन्तर्गत पर्ने नयाँबस्ती, सुनौलीपुर, रक्षाचौर, मजुवा, आँखा अस्पताल, गणेश टोल, सिमरा टोल र वडा नम्बर ७ अन्तर्गत पर्ने माताकुटिदेखि नयाँगाँउसम्म जाने सडकको उत्तरतर्फका टोलहरु नयाँगाँउ, गणेशपुर, गौझेनी, श्रीगैं, गनारी क्षेत्रका सबै सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस