दाङ । दाङको तुलसीपुरमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारणसभाको आज पाँचौ दिन जनजागृति स्कुल बनगाँउमा भएको छ ।
संस्थाले आज तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १०, ११, १२ र १३ का सबै क्षेत्रका सदस्यहरुका लागि तुलसीपुर–१० को बनगाउँ स्कुलमा साधारणसभा गरेको हो ।
साधारणसभामा सहभागि सदस्यहरु सहकारीमा आबद्ध भएपछि आर्थिक रुपमा आत्मनिर्भर भएको बताएका छन् । उनिहरुले संस्थाले बचत गर्नेको बानिको विकास संगै आत्मनिर्भर बन्न सिकाएको बताएका हुन् ।

साधारणसभामा आज पनि नीति–कार्यक्रम, बजेट र लेखा प्रतिवेदनसहित १४ बुँदे प्रस्तावमा छलफल भएको संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले बताउनुभयो । उहाँले संस्थाले यसवर्ष २ करोड १६ लाख ४४ हजार ५८१ खुद वचत गर्ने लक्ष्य रहेको बताउनुभयो ।

यसैगरी संस्थाका सचिव कृष्णप्रसाद पोखरेलले गत आर्थिक वर्षको नीति तथा कार्यक्रमको प्रगति समिक्षा प्रस्तुत गर्नुभएको हो । आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष विजय सुवेदी, संस्थाको लेखा परिक्षण प्रतिवेदन लेखा सुपरिवेक्षण समितिका संयोजक सुर्यप्रसाद शर्माले प्रस्तुत गर्नुभएको हो ।
साधारण सभामा संस्थाका सल्लाहकार राम बहादुर ओलीले हाम्रो पहुँच सहकारी संस्थाले सदस्यहरुलाई धनि बनाउने पर्यत्नमा लागेको बताउनुभयो । साधारण सभामा संस्थाका सल्लाहकार नारायणप्रसाद भण्डारीको अध्यक्षतमा आज तीन सदस्यीय अध्यक्ष मण्डल रहेको थियो । अध्यक्ष मण्डलको सदस्यहरुमा मनोज कुमार आचार्य र कौशिला भण्डारी रहनुभएको थियो ।
सदस्य सुनिता रोकाया शर्मा, शोभा बस्नेत, आशा खड्का, थानेश्वर आचार्य, नारायणी चौधरी लगाएतकाले संस्थाले सबै सदस्यहरुलाई पुग्ने गरी मल वितरण गर्नुपर्ने सुझाव दिएका थिए । साथै उनिहरुले सदस्यहरुलाई सहकारी अवलोकन भ्रमणमा लैजानुपर्नेमा जोड दिएका थिए ।
संस्थाका उपाध्यक्ष वुद्धिराम विसीको स्वागत मन्तव्यबाट शुरु भएको साधारणसभामा आज पनि नीति–कार्यक्रम, बजेट र लेखा प्रतिवेदनसहित १४ बुँदे प्रस्तावमा छलफल भएको छ । कार्यक्रमको सहजीकरण संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारी र हाम्रो पहुँच सेकेण्डरी स्कुलका प्रधानाध्यापक डिआर भण्डारीले गर्नुभएको हो ।
सोमबारदेखि शुरु भएको १९ औँ वार्षिक साधारणसभा २६ गतेसम्म संचालन हुने छ । संस्थामा करिब ५ हजार शेयर सदस्य भएको हुँदा वार्षिक साधारण सभा विभिन्न मितिमा विभिन्न स्थानमा भइरहेको छ ।

संस्थाले भोली मावि कालाखोलामा साधारणसभा गर्ने भएको छ । भोली तुलसीपुर–४ र ७ का खाद्रे, सुकिदह, लामिदमार, घोरानेटी, गहतेरा, बनहरी, घुसेरी, बम्नै, पर्सेनी, बुढागाँउ, हलवार, बतासे, वायखोला, नवलपुर, कालाखोला, वडा नम्बर १७, १८ र १९ का चौवाखोला पश्चिमतर्फका सबै सदस्यहरुलाई उपस्थितिका लागि संस्थाले अनुरोध गरेको छ ।
















