२०८२ मङ्सिर २२ गते सोमवार

हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाको १९ औँ वार्षिक साधारणसभा सम्पन्न


तुलसीपुर । दाङको तुलसीपुरमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९ औँ वार्षिक साधारण आज सकिएको छ । सहकारीका ५ हजार बढी शेयर सदस्य भएकाले विभिन्न ७ वटा एकाईमा असोज २० गते देखि वार्षिक साधारण सभा सुरु गरिएको थियो ।

सातौँ दिन आज जनकल्याण मावि दुधरासमा तुलसीपुर–१४,१५,१६, १७, १८ र १९ का शेयर सदस्यलाई सहभागी गराएर साधारण सभा गरिएको हो ।

साधारणसभामा सहभागि सदस्यहरुले संस्थाले गदै आएको काम प्रशंसनिय रहेको बताएका थिए । सदस्य शान्ती रिजाल, रेशम रावत रलोकेन्द्र बिकले दुधरास क्षेत्रमा रहेका सदस्यहरुका लागि रासायनिक मल कारोबारको शाखा विस्तार दुधरासमा हुनुपर्ने सुझाव दिएका थिए । साथै वैदेशिक रोजगारबाट फर्केका युवाहरुका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।

साधारणसभामा आज पनि नीति–कार्यक्रम, बजेट र लेखा प्रतिवेदनसहित १४ बुँदे प्रस्तावमा छलफल भएको छ । साधारण सभामा संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

संस्थाका कोषाध्यक्ष बिजय सुवेदीले आर्थिक प्रगति प्रतिवेदन र चालु आर्थिक वर्षको लागि प्रस्तावित बजेट प्रस्तुत गर्नुभयो । संस्थाका सहसचिव चिरञ्जीवि पौडेलले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।

यस्तै लेखा सुपरिवेक्षण समितिका सदस्य केशव बस्नेतले लेखा समितिको प्रतिवदेन प्रस्तुत गर्नुभएको थियो ।

साधारण सभामा संस्थाका सल्लाहकार राम बहादुर ओलीले संस्थाले अहिलेसम्म लक्षित नीति कार्यक्रमलाई लागु गर्न सफल भएको र आगामी दिनमा पनि सफल हुने बताउनुभयो । साधारण सभामा संस्थाका सल्लाहकार नारायणप्रसाद भण्डारीको अध्यक्षतमा आज तीन सदस्यीय अध्यक्ष मण्डल रहेको थियो । अध्यक्ष मण्डलको सदस्यहरुमा भौनाराम चौधरी र कमला आचार्य रहनुभएको थियो ।

संस्थाले शेयर सदस्यकै पाएक पर्ने केन्द्रमा वार्षिक साधारण सभा गरेको हो । संस्थामा करिब ५ हजार शेयर सदस्य भएको हुँदा वार्षिक साधारण सभा एकै ठाउँमा सम्भव नहुने भएकाले पनि विभिन्न मितिमा विभिन्न स्थानमा गरिएको संस्थाका अध्यक्ष भण्डारीले बताउनुभयो ।

साधारणसभामा १४ बुँदे प्रस्ताव पेश गरिने, बितेको आर्थिक वर्षको समिक्षा र चालु वर्षको नीति कार्यक्रम तथा बजेट, लेखा सुपरिवेक्षण समिति प्रतिवेदन, कार्यविधि स्विकृति तथा संसोधन, कोषमा रहेको रकम वितरण, सहकारी एकिकरण अख्तियारी, बाह्र ऋण तथा अनुदान लिने अख्तियारी, लेखा परिक्षकको नियुक्ति र पारिश्रमिक, कर्मचारीको नियुक्ति, पारिश्रमिक, सेवा सुविधा निर्धारण अख्तियारी लगायतका प्रस्तावमा छलफल भएको सहसचिव चिरञ्जीवि पौडेलले बताउनुभयो ।

संस्थाका उपाध्यक्ष बुद्धिराम बिसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण प्रमुख कार्यकारी अधिकृत जनक भण्डारी र हाम्रो पहुँच सेकेन्डरी स्कुलका प्रधानाध्यापक डिआर भण्डारीले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस