२०८२ माघ ७ गते बुधवार

सुविधा महिला कृषि सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा सम्पन्न


दाङ । सुविधा महिला कृषिसहकारी संस्थाको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिका–७ नवलपुरमा रहेको सहकारी संस्थाले आज एक कार्यक्रमको आयोजना गरी साधारणसभा गरेको हो ।

संस्थाका अध्यक्ष अरुणा राना मगरको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका–७ का अध्यक्ष राम बहादुर जिसीको प्रमुख आतिथ्यता तथा साल्ट ट्रेडिङ कर्पोरेशन घोराहीका कार्यालय प्रमुख रामबाबु प्रसाद गुप्ताको विशिष्ट आतिथ्यतामा साधारणसभा भएको हो ।

प्रमुख अतिथि जिसीले आर्थिक उन्नयनका लागि सहकारकिो भूमिका अपरिहार्य रहेको बताउनुभयो । उहाँले आर्थिक विकास र सम्वृद्धिमा सहकारी मार्फत प्रगति गर्न सकिने बताउनुभयो ।

विशिष्ट अतिथि गुप्ताले सबै मिलेर सञ्चालन गरेको सहकारीमा सबै सदस्यले कारोबार गरेर धनि बन्न सकिने बताउनुभयो । उहाँले सदस्यहरुलाई शिक्षा र तालिमको खाचो रहेको बताउनुभयो ।

संस्थाका अध्यक्ष अरुणा राना मगरले संस्थामा हाल ६१० जना शेयर सदस्य आबद्ध रहेको बताउनुभयो । उहाँले संस्थाले बचत तथा ऋण कारोबार, रासायनिक मल तथा यान्त्रीकतर्फ किसानहरुलाई ट्याक्टर सेवा उपलब्ध गराएको बताउनुभयो ।

साधारणसभामा रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेल, सदस्य राज कुमारी थापा मगर र चन्द्रा राना लगाएतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सचिव रानिकला रोकाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सहसचिव शिला मल्लले गर्नुभएको हो ।

यसैबिच चार वर्षे कार्यकालका ला गी अरुण राना मगरको अध्यक्षतामा नौं सदस्यीय कार्यसमिति सर्वसहमतिमा चयन गरिएको छ । जसको उपाध्यक्षमा कान्ता चौधरी, सचिवमा रानिकला चौधरी, कोषाध्यक्षमा बुधनी चौधरी, सहसचिवमा सिता मल्ल चयन हुनु भएको छ ।

यस्तै सदस्यहरुमा राज कुमारी थापा, कुईली चौधरी, गुलेरी चौधरी र बोत्या चौधरी चयन हुनु भएको छ भने व्यवस्थापकमा विजया लक्ष्मी चौधरी रहनुभएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस