२०८३ जेष्ठ ३० गते शनिवार

हाम्रो पहुँचका शेयर सदस्यहरूलाई आधारभूत तालिम

दाङ । दाङको तुलसीपुर–७ झुमरेस्थिति हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले शनिबार आफ्ना शेयर सदस्यहरूका लागि ‘आधारभूत सहकारी शिक्षा तालिम’ संचालन गरेको छ ।

सदस्यहरूलाई सहकारीको नीति, नियम र अधिकारका बारेमा सुसूचित गराउने उद्देश्यले शनिबार तालिमको आयोजना गरिएको हो । संस्थाको सूचना, तालिम तथा अध्ययन उपसमितिका सदस्य दुर्गा प्रसाद जैसीको अध्यक्षतामा तालिम संचालन भएको हो ।

तालिममा संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले प्रमुख प्रशिक्षकको रूपमा प्रशिक्षण दिनुभएको छ । प्रशिक्षणका क्रममा अध्यक्ष भण्डारीले सहकारीको सिद्धान्त, शेयर सदस्यको भूमिका र सहकारीमार्फत आर्थिक आत्मनिर्भरता बन्न सकिने विषयमा प्रष्ट पार्नुभएको छ । उहाँले सदस्यहरू सहकारीको मालिक भएकोले संस्थाको गतिविधिमा सक्रिय सहभागिता र नियमित बचत गर्ने बानीले नै सहकारी र सदस्य दुवैको हित हुनेमा जोड दिनुभयो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत डि.आर. भण्डारीले संस्थाले सदस्यहरूलाई दक्ष बनाउन र सहकारीको मर्म बुझाउन समय–समयमा यस्ता शिक्षा तथा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस