२०८३ बैशाख १८ गते शुक्रवार

भेलाहीमा नयाँ सहकारी स्थापनार्थ पूर्व सहकारी शिक्षा तालिम


दाङ। नयाँ सहकारी संस्था स्थापना गर्ने उद्देश्यले बुधबार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ भेलाहीमा पूर्व सहकारी शिक्षा तालिम सम्पन्न भएको छ ।

प्रस्तावित बुद्व कृषि सहकारी संस्था लिमिटेड तदर्थ संचालक समितिका अध्यक्ष बुद्धिप्रकास चोधरीको अध्यक्षतामा शिक्षा तालिम सञ्चालन गरिएको हो ।

सहकारीका प्रशिक्षक तथा जिल्ला सहकारी संघ लिमिटेड दाङका महासचिव शुक्रराज भण्डारीले ५० भन्दा बढी सहभागिलाई तालिम प्रदान गर्नु भएको हो ।

भण्डारीले सहकारीको अर्थ, अवधारणा, मुल्यमान्यता र सिद्धान्त सम्वन्धी तालिम दिनु भएको अध्यक्ष बुद्धिप्रकाश चोधरीले जानकारी दिनुभयो । तालिमको अवसरमा प्रशिक्षक भण्डारीले सहकारी समुदायमा आधारित हुनुपर्नेमा जोड दिनुभयो ।

रासायनिक मलको मात्र कारोबार गर्ने उद्देश्य भन्दा समग्र कृषि उद्यममा आधारित व्यवसायको उद्देश्य राखेर सहकारी दर्ता र सञ्चालन गर्न उहाँले आग्रह गर्नुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस