दाङ । दाङमा एक महिनाको अवधिमा विभिन्न प्रकृतिका ८६ वटा अपराध सम्बन्धी मुद्दा दर्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार फागुन महिनामा जघन्य तथा गम्भीर अपराध सम्बन्धी २१, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित १०, आर्थिक अपराध ७ र अन्य ४८ वटा मुद्दा दर्ता भएका हुन् ।
तीमध्ये ६० जना प्रतिवादी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा डिएसपी रेशम बोहोराले जानकारी दिनुभयो । यसैगरी, फैसला कार्यान्वयनका क्रममा फरार रहेका २९ जना प्रतिवादीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनिहरुलाई ४ वर्ष ६ महिना १६ दिनको कैद सजाए तोकिएको डिएसपी बोहोराले जानकारी दिनुभयो । पक्राउ परेकाहरुबाट ४ लाख २२ हजार ९५ रुपैंया बिगो असुल गरिएको छ ।
प्रहरीले जिल्लामा शान्ति सुरक्षा कायम गर्न नियमित गस्ती, निगरानी तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।


















